arrow

रुस्लान एफएम फेरि सञ्चालनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
ruslan-fm.jpg

काठमाडौं । केही समयदेखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ । ‘वल्नी म्युजिक’ गीतलाई मात्र प्राथमिकता दिने यो एफएम फेरि श्रोतामाझ फर्किएको हो । 

नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याइरहेको रुस्लान एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरिरहेको दाबी गर्दै नेपाली गीतका साथसाथै लोकप्रिय हिन्दी तथा अंग्रेजी गीतहरु पनि सुन्न सकिने रुस्लानले बताएको छ ।  

‘पहिला भन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं’, रुस्लान एफएमका प्रमुख मार्केटिङ अधिकृत वैैभव शर्माले भने । 

बिहान ६ बजेबाट राति १२ बजेसम्म सञ्चालन हुने रुस्लान एफएममा बिहान ६ देखि ८ बजेसम्म ‘वर्क आउट बिट्स’, बिहान ८ देखि ११ बजेसम्म ‘रश आवर बिट्स’, बिहान ११ देखि अपरान्ह ४ बजेसम्म ‘चिल बिट्स’, अपरान्ह ४ देखि बेलुकी ७ बजेसम्म ‘इन–ट्रेन्ड’ र बेलुकी ७ देखि मध्यरात १२ बजेसम्म ‘भाइब्रेन्ट बिट्स’ गरी ५ फ®क विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ