- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाह सबैभन्दा बढी कर तिने व्यक्ति बनेका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजश्व विभागले उनलाई सम्मान गरेको छ । उनी लगातार सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका हुन् ।
यसअघि उनले आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा बढी कर तिरेपछि ६ वर्षदेखि लगातार सर्वाधिक आयकर तिरेर सम्मानित हुँदै आएका सिद्धार्थ राणालाई उछिनेका थिए । त्यसपछि शाह नै लगातार सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् ।
आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । सोही क्रममा शाह पनि सम्मानित भए ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी पर्दछन् ।
शाहका यी कम्पनीबाट रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर लगायत उत्पादन भइरहेको छ।