- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । हिमालयनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समतालाई २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
हिमालयनले समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुयाउँदै आएको छ । डिष्टिलरीले आर्थिक वर्ष २०७७–०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समतालाई २५ लाख सहयोग प्रदान गरेको जनाएको छ ।
सो समता शैक्षिक गुठीलाई एक कार्यक्रमकाबीच हिमालयन डिष्टिलरी लिमिटेडको संचालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाखको चेक कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको उपस्थिति रहेको थियो । समता शैक्षिक गुठीले देशभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन् । करिब ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दाबी उक्त गुठीको रहेको छ ।
यो गुठीले प्रति विद्यार्थी प्रति महिना १०० रुपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराइरहेको जानकारी गराएको छ ।