arrow

हिमालयन डिष्टिलरीले एक सय ७१ प्रतिशत लाभाशं दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष ६ आइतबार
himalayan-distillery-logo-jgi.jpg

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडको गत हप्ता भएको उन्नाईसौं वार्षिक साधारण सभाले नगद लाभांस ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरी आव २०७५-०७६ को कुल लाभांस १०२.६३ प्रतिशत घोषणा गरेको छ। यसै गरी संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमाप्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आव २०७५-०७६ मा जम्मा १७१.०५ प्रतिशत लाभांश घोषणा गर्दै वहुराष्ट्रिय कम्पनी वाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये उत्कृष्ट  कम्पनी भएका बताइएको छ।

कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो। १९ वर्ष अगाडि स्थापना भएको उच्च स्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको छ। यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको र नेपालमा १० लाख कार्टुन भन्दा वढि प्रति वर्ष विक्री हुने एक मात्र व्राण्ड रहेको कम्पनीको दावी रहेको छ।

हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ। कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली समेत जडान गरिएको छ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव २०७५-०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित रु.६ अरव ४४ करोड ११ लाखको संचालन आम्दानी हासिल गरेको छ। त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित रु.५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ। विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ।

यस कम्पनीलाई व्यवस्थापन गर्ने जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज प्रालिका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीले यसको श्रेय हामीले अवलम्वन गरेका नविनतम प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धि, सक्षम लागत-खर्च व्यवस्थापन तथा रणनीतिक वजार विस्तार आदिलाई दिएका छन्।

हिमालयन डिष्टिलरी लिमिटेड नेपाल सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योग मध्ये एक भएको व्यहोरा जोशीले वताए। जस अनुसार यस उद्योगले गत आवमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी रु. ४ अरव ३८ करोड ८० लाख राजश्व दाखेला गरेको समेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ