arrow

शिकारीको गोली लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
bullet.jpg

घोराही । दाङमा गोली लागेर एक जनाको  मृत्यु भएको छ ।  बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा शिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । 

उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ