arrow

चितुवाको आक्रमणवाट बालिकाको मृत्यु

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
chitwa.jpeg
बैतडी । बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ । 
 
ज्यान जानेमा उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्द रहेको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिए । 
 
बालिकालाई शनिबार साँझ आँगनमा खेलिरहेका बेला एक्कासि आएको नरभंसी चितुवाले आक्रमण गरेको उनले बताए । 
 
आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा करिब राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको महताले बताए । बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । 
 
प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । 
 
बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट अहिलेसम्म २० जनाभन्दा बढीको ज्यान गइसकेकोे छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ