arrow

मृतकको शव शिक्षण अस्पतालमा, बिहीबारसम्ममा आफन्तले पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
tara-air-body.PNG

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । मृतक १० जनाको हिजो र बाँकी रहेका १२ जनाको शव शिक्षण अस्पताल लगिएको हो । 

काठमाडौं ल्याएका शवहरू पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महारन्जगन्ज लगिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । मृतको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउने अस्पतालले जनाएको छ । 

बिहीबारसम्ममा सबैको पोस्टमार्टम सकिने र बुझाइने छ ।  २२ वटै शवहरूलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिजो आएको १० जनाको भने पोस्टमार्टम सकिएको छ ।

आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एयरको विमान दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका तीन जना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सव पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकमाया तामाङ, तुलसादेबी तामाङ रहेका थिए ।

यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, रीतिका त्रिपाठी रहेका थिए । साथै जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

घटनास्थल  समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्रा टुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो । पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । 

विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ