arrow

संविधानमा आमूल परिवर्तनको खाँचो छः मोहन वैद्य

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
mohan-vaidhya.jpeg
जनकपुरधाम । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् ।  
 
जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे ।  
 
मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भने । 
 
एक प्रश्नको जवाफमा उनले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन भने । 
 
जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले सरकारको सफलताको कुनै आधार नभएको बताए । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ