arrow

चोरी भएका १२ थान मोटरसाइकलसहित झापामा ८ व्यक्ति पक्राउ

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ जेठ १९ बिहिबार
jhapa-bike-pakrau.PNG

झापा । झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न रहेका ८ जना व्यक्तिहरू पक्राउ परेका छन् । चोरी भएका १२ थान मोटरसाइकल सहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।  

केही दिन देखि झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरिका घटना हरू तीव्र रूपमा बढेको भन्ने सूचना पाए सँगै चोरीमा संलग्नहरू तथा हराएका मोटरसाइकलहरूको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आज बिहीबार पत्रकार सम्मेलन मार्फत चोरी भएका मोटरसाइकल सहित सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा झापाको गौरिगञ्ज गाउँपालिका-५ का १८ वर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ वर्षीय समीर मिया, बिर्तामोड नगरपालिका-५ का १८ वर्षीय विष्णु भण्डारी र करण मण्डल यसै गरी बिर्तामोड नगरपालिका-३ का १९ वर्षीय कुमार राजवंशी तथा १८ वर्षीय सुमन बिहारी त्यसै गरी सप्तरीको टिकुली नगरपालिका-५ का २७ वर्षीय करण महमद , र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् । 

पक्राउ परेको यो समूहले अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको अशोक बिहारीको ग्यारेज वाट र अर्जुनधारा - १० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेका थिए । 

साथै चोरी भएका १२ थान मोटरसाइकल सहित पक्राउ परेको यो समूहको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



नयाँ