arrow

अब प्रधानमन्त्री सधैं १० बजे कार्यालयमा हाजिर

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
pm-prachanda-hajir.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल अहिले नियमित १० बजे सिंहदरबारस्थित आफ्नो कार्यालयमा हाजिर हुन थालेका छन् । शनिबार बाहेक हरेक दिन प्रधानमन्त्रीले १० बजे हाजिर भएर मुख्य सचिव र सचिवहरुसंग नियमित साक्षात्कार गर्न समेत थालेका छन् । विशेष काम गरे दाहाल शनिबार समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छिर्न थालेका छन् । 
 
कार्यालयमा १० बजे पुगिसक्ने अभ्यास केही दिन अघि नै गरेपनि सचिवहरुसंगको दैनिक साक्षात्कार भने आइतबारबाट सुरु गरेका हुन् । आइतबार प्रधानमन्त्री दाहालले १० बजे कार्यालय पुगेर मुख्य सचिव र सचिवहरुसंग भेट गरे । भेटमा सबै मन्त्रालयका सचिवहरु आए । खब उनीहरुले सधैं प्रधानमन्त्रीसंग साक्षात्कार गर्नु पर्नेछ । 
 
दाहालले केही दिन अघि सबै मन्त्रालयका सचिवलाई बोलाएर कार्यसम्पादनको खाका पेश गर्न भनेका थिए । त्यसबारे समेत प्रधानमन्त्रीले जानकारी लिएका छन् । यस्तै, आवश्यक निर्देशन समेत दिएको एक सचिवले बताए ।
 
अब प्रधानमन्त्रीले आफ्नै कार्यालयबाट नियमित कार्य सम्पादन गराउने छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरासंग भने, ‘यो कुनै अकस्मात गरेको छलफल होइन । अब सँधै साक्षात्कार हुन्छ । कार्य सम्पादनमा सचिवहरुलाई  सजिलो हुने छ ।’ अनि प्रधानमन्त्रीले मन्त्रालयबारे अनावश्यक चासो राखेको भन्ने गुनासा आइरा छन् ? जवाफमा आचार्यले भने, ‘छैन ।
 
यो नियमित काम हो । प्रधानमन्त्रीले आफुले गर्ने नियमित काम गर्नु भएको हो । यसमा कुनै केरकार हुँदैन । झन्, सचिव ज्यूहरुको राय माग्ने र कसरी अघि बढ्ने भन्ने गाह्रा अफ्ठ्याराबारे प्रस्ट भइने उहाँको विश्वास हो । 
 
प्रधानमन्त्री दाहालले तीन दिन भित्र खाका पेश गर्नु भनि दिएको निर्देशन अनुसार केही मन्त्रालयले खाका बुझाइसकेका छन् भने केहीले बनाइरहेका छन् । जसमा उर्जा मन्त्रालयले बुझाएको आगामी हिउँदमा विद्युत लोडसेडिङ ७ घण्टामा झार्ने खाकाको अहिले निकै चर्चा भइरहेको छ ।
 
उता, भारतबाट ल्याउने भनिएको विद्युतमा ढिलाइ भएको छ । मंसिर सम्म बनिसक्ने भनेको ढल्केबर मुजफ्फरपुर प्रसारणलाईनको सवस्टेसन बनाउनै धौ–धौ भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ