arrow

कांग्रेस भेलामा प्रदेश र स्थानीय तहको सीमाङ्कनबारे सनसनीपूर्ण बहस

सीमाङ्कनलाई ज्वलन्त रुपमा उठाउँदै कांग्रेस

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
congress-new-bahas-fn.jpeg
काठमाडौं । नेपाली काँग्रेसले संघीय संरचनामा जाँदा स्थानीय निकायको स्वरूप कस्तो हुने भन्ने विषयमा बहस गरिरहेको छ । काठमाडौंको भीमसेनगोला स्थित आनन्द पार्टी प्यालेसमा आयोजित भेलामा जिल्ला सभापति र केन्द्रीय सदस्यहरु सहभागि छन् । 
 
सोमबार सम्म चल्ने भेलामा सनसनीपूर्ण बहस भएकाे छ । भेलामा सरकारले गठन गरेको सीमाङ्कन आयोगले सार्वजनिक गरेको खाकाका सन्दर्भमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या एवं सीमा निर्धारणबारे छलफल भइरहेको पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लले जानकारी दिए । उनका अनुसार छलफल मुख्य गरेर प्रदेशको सीमाङ्कनमा आकर्षण भएको विषयमा केन्द्रीत भएको छ । 
 
उनले भने, ‘तत्काल छलफलको आवश्यकता भनेको प्रदेश सीमाङ्कनको विवाद हो भन्ने भेलाका सहभागिहरुको जोड छ । जहाँ जनसंख्याको विषय आकर्षित भएको छ ।’ आयोगको खाकामा आएको स्थानीय तहको संख्याले सीमाङ्कनमा निकै फरक पार्ने भएकाले यसमा हेरफेर हुनै पर्दछ ।जनसंख्याका आधारमा प्रदेश वा स्थानीय तह निर्धारण गर्नु पर्ने खाकामा निकै हेरफेर गर्नु पर्ने धारणा जिल्ला सभापतिहरुले राखेका छन् । 
 
सीमाङ्कन आयोगले दिएको खाकामा रहेको ५ सय ६५ स्थानीय निकायको संख्या न्यून भएको सहभागिहरुको ठहर छ । पार्टी केन्द्रीय कार्यसमितिलाई राय दिन डाकिएको भेलामा अधिकांशले स्थानीय तहमा समेत जनसंख्याको विषय आकर्षण भएको भन्दै सुगम र दुर्गमको भेदभाव यसले अझै समाधान नगर्ने बताए । उनीहरुले संविधानमा जतिसक्दो घर पाइक सेवा दिने उल्लेख गर्ने तर, फेरि पनि जनसंख्यालाई मूख्य आधार मान्ने हो भने कम जनसंख्या भएका उच्च पहाडी तथा हिमाली भेकहरु फेरि पनि सुगम बन्ने छैनन्–भने । 
 
कांग्रेसको यो भेलाले सीमाङ्कनको विषय ज्वलन्त रुपमा उठाउने भेलाका सहभागिहरुले बताएका छन् । यद्यपि, उद्घाटन कार्यक्रममा झुलुक्क मुख देखाएर भाग्ने पार्टीका केन्द्रीय सदस्यहरुले भने हाल सम्म कुनै धारणा बनि नसकेको र भेलापछि मात्रै पार्टीको धारणा आउने बताए । 
 
कांग्रेस प्रमुख सचेतक इश्वरी न्यौपानेले समेत आफु उद्घाटनमा मात्रै सहभागि भएको सुनाउँदै भनिन्, ‘भेलाले राय दिन्छ । त्यही अनुसार पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्छ । हामीले निर्णय गर्ने भएको भए पहिले नै गरिहाल्थ्यौं नी ! ।’ स्थानीय तहमा सक्रिय हुने र दबाब गाली एवं ताली जे भए पनि सहने जिल्ला सभापतिहरु नै हुँन् । उहाँहरुको विचार र चित्र नआई पार्टीले कसरी आधिकारिक धारणा बनाउन सक्छ ? सचेतक न्यौपानेले प्रतिप्रश्न गरिन् । 
 
कांग्रेस केन्द्रीय सदस्य मान बहादुर विश्वकर्माले सीमाङ्कनको विषय अहिलेको मुख्य विषय हुने बताए । उनले पार्टीको आधिकारिक धारणा अघि कोही कसैले आफ्ना धारणा लाद्न नपाउने भन्दै आफ्नो व्यक्तिगत विचारमा जनसंख्या र सीमाङ्कनकै विषय बढी उठ्ने सुनाए । 
 
यस्तै, कांग्रेसभित्र फरक विचार राख्दै आएका सांसद सुरेन्द्र प्रसाद चौधरीले भने सभापतिहरुको छलफल सकिएपछि केही प्रारुप आउने भन्दै अहिले नै धारणा नबनिसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ