arrow

ट्रिनिटी कलेजमा छापामारी; पढ्नेहरुले होस गर्नुपर्ने

चौधरी ग्रुपको सिजी मार्टमा पनि छापा

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
trinity-college.jpeg
काठमाडौं। काठमाडौं डिल्लीबजारस्थित ट्रिनिटी कलेजमा पढ्ने विद्यार्थीहरु होसियार हुनुपर्ने देखिएको छ। आफ्ना छोराछोरीलाई विहानै कलेज पढ्न पठाउने बा आमाहरु पनि सो कलेजमा पठाउनुअघी सचेत हुनुपर्ने देखिएको छ। यो कुनै आग्रह वा पूर्वाग्रहका कारणले भनिएको हैन। सरकारी निकायले कलेजमा गरेको छापामारी र अनुसन्धानका क्रममा सो कलेजमा अध्ययन गर्नेहरुले अपनाउनुपर्ने सावधानीका बारेमा सुझाइएको मात्र हो। 
 
डिल्लीबजारस्थित ट्रिनिटी कलेजमा आपूर्ती मन्त्रालयको आपूर्ती व्यवस्थापन विभागबाट भदौ ५ गते गरिएको अनुगमनका क्रममा कलेज क्यान्टीनमा पकाउने सामानहरु कुहिएको, सडेगलेको र ढुसी लागेको अवस्थामा फेला परेको हो। कुहिएको, सडेगलेको र ढुसी लागेको अवस्थामा रहेको सामानहरु नै पकाउन प्रयोग भएको अनुगमनकर्ताहरुले फेला पारेपछि त्यहाँ अध्ययन गर्नेहरुले त्यहाँको क्यान्टीनमा खानु अघी दश पटक सोच्नु पर्ने भएको हो। क्यान्टीन अत्यन्तै फोहोर रहेको अवस्थामा अनुगमन टोलीले फेला पारेपछि ट्रिनिटी कलेजको क्यान्टीनमा विभागको टोलीले शिलवन्दी नै गरेको छ। साथै विभागले थप कार्वाहीको प्रक्रिया पनि अघी बढाएको छ।
 
 
अध्ययन गर्न आउने विद्यार्थीहरुले खाने खानेकुरामा खेलवाड हुँदा समेत कलेज प्रसासनले ध्यान नदिएको विषयलाई लिएर अनुगमनकर्ताहरुले कलेज प्रसासनलाई चेतावनी समेत दिएको छ। कलेजमा खाएर फर्केका विद्यार्थीहरु विरामी पर्न थालेको गुनासो आउन थालेपछि छड्के अनुगमनका क्रममा ट्रिनिटीमा विभागले छापा मारेको थियो।
 
विभागले ललितपुरको जनरल प्राक्टिस क्लिनिक लगनखेल, पोलिक्लिनिक आयुष फार्मेसी लगनखेल र हेल्थ लिङक रिलायवल ल्याव तथा क्लिनिकमा पनि शिलवन्दी गरि थप कार्वाही अघी बढाएको आपूर्ती मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मी जानकरी दिएका छन्। 
 
विभागले चौधरी ग्रुपको सिजी मार्ट कलंकीलाई पनि म्याद सकिएको सामान विक्री गरिएको भेटिएपछि कार्वाही गरेको छ। सुलभ सुपरस्टोर वालाजु अर्ग्यानिक किचन मार्टमा पनि छापामारी विभागले कार्वाही गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ