arrow

राजधानी दुर्गन्धले थलियो, रोग बढ्ने डरले फोहरमा केमिकल छर्न थालियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
fohar-dirty-kathmandu-2079.jpg

काठमाडौं । उपत्यकाका सडकमा राखिएको फोहरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको हो ।

सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । 

सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । 

छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । 



नयाँ