arrow

लोहोरोले हानेर श्रीमान्‌को हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
Murder-makawanpur-1 (1).jpg

तुलसीपुर । दाङमा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । 

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

श्रीमान्ले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ