arrow

भद्रपुरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
Nobel-Health-Camp-(2).jpg

झापा । झापाको भन्द्रपुर नगरपालिका–१ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।   शिविरमा १६३ जनाको भिडियो एक्सरे, १२७ जनाको रक्त परीक्षण र ८९ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २२ जनाको दाँत फुकालिएको छ ।

स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ