arrow

फोहर फाल्न अवरोध गर्ने बञ्चरेडाँडाका स्थानीयलाई हटाउँदै प्रहरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
bancare-dada.jpg

काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फोहर फाल्न नदिने भन्दै रोकेपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो तर स्थानीले फेरि अवरोध गरेका थिए । 

स्थानीय बासिन्दाले आफूहरुसँग सहमति नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका हुन् । अवरोध गर्ने सङ्घर्ष समितिका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु बिहानदेखि नै धर्ना दिइरहेका थिए । 

उपत्यकाको आजबाटै बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्डसाइटमा उपयुक्त विधिअनुसार विसर्जन गर्ने प्रतिबद्धता जनाइएको थियो । 



नयाँ