arrow

तस्करलाई पढाउँदै प्रहरी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ ६ सोमबार
nepal police.png.png
विराटनगर । अपराध नियन्त्रणमा सक्रिय देखिएको मोरङ प्रहरी तस्करी नियन्त्रणमा समेत सफल हुदै गएको छ । 
 
तीन चार वर्ष अघि तस्करीको जालोले जेलिएको मोरङमा अहिले तस्करी पूर्ण रुपले निस्तेज पारेको प्रहरीको जिकिर छ । संलग्नहरुको कक्षा लिनु नै प्रहरीको तस्करी नियन्त्रण छडी हो । 
 
मोरङको नेपाल र भारत संग जोडिएको ६० किलोमिटर सीमाक्षेत्रबाट विगतमा हुने चोरी तस्करी नियन्त्रणमा आएको प्रहरीले सार्वजनिक गरेको तथ्याङले जनाएको छ । 
 
सीमाक्षेत्रमा प्रहरीले सक्रियता बढाएपछी गत आर्थिक वर्षमा भन्सार चोरी तस्करीमा संलग्न रहेका ९७ जना व्यक्ति र ७७ सवारी साधन नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले बताए । 
 
नेपाल प्रहरीले गत आर्थिकवर्षमा ३ करोड ५१ लाख ५६ हजार बराबरको सामान भन्सार दाखिला गरिएको उपरीक्षक भण्डारीले जानकारी दिए । 
 
सीमा नाकाबाट अवैध काम गर्ने र भन्सार छली गरी सामान नेपाल भित्र्याउनेलाई नियन्त्रणमा लिई उनीहरुलाई त्यसो गर्नुका बेफाइदाको विषयमा परामर्श दिई सम्झाइ बुझाइ गरेर छोड्न थालिएकाले तस्करीमा कमी आएको प्रहरीको जिकर छ  ।
 
सीमा क्षेत्रमा अहिलेसम्म ५ हजार २ सय जनालाई यस्तो परामर्श दिइएको  मोरङ प्रहरीले जनाएको छ । कडाईसँगै परामर्श गरेर छोड्ने गरिएपछि तस्करीमा संलग्न हुनेहरुले अर्कै पेशा अपनाउन थालेको भण्डारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ