काठमाडौं । गत २४ गते बालाजुमा रहेको त्रिमुर्ति मिष्ठान्न भण्डारमा छापा मार्दा कुहिएको र ढुसी परेको मिठाइ पाइयो । त्यससँगै उसको भान्सा फोहोर रहेको कच्चा र प्रशोधित खाद्य वस्तु एकै स्थानमा रहेको भेटेपछि अनुगमन टोलीले दुषित खाद्यवस्तु नष्ट गर्दै लेवल नभएका खाद्यवस्तुको जफत सहित समग्र भण्डारमा नै सिलबन्दी गरिदियो ।
त्यसको ठीक एक साता पछि 'स्रक र्याप' नलगाइएको भेटेपछि ५ वटा उद्योगमा विभागद्वयको टोलीले सिलबन्दी गर्याे । यसरी खाद्य सामग्रीमा व्यापक गुनासाहरू बढ्न थालेपछि आपूर्ति र खाद्य विभागहरू बजार अनुगमनमा सक्रिय भएका छन् । जसले गर्दा दैनिक जसो गुणस्तरहीन उद्योगहरू बन्द गरिएका समाचारहरू आउन थालेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्थापन विभागको संयुक्त टोलीले विशेषगरी पछिल्लो दुई सातामा गरेका २२ वटा अनुगमनका क्रममा अधिकांश उद्योगहरूमा समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
विभागको पछिल्लो दुई साता अर्थात् साउन २४ गतेदेखि भदौ ५ गतेसम्मको अनुगमनको विवरणका अनुसार कतै पानीमा अखाद्य बस्तु भेटिएको, मिठाईमा कुहिएको र ढुसी परेको समेत भेटिएको विभागले जनाएको छ ।
पछिल्लो दुई सातामा भएका विवरण र देखिएका समस्याहरूलाई यसरी तालिकामा देखाउने प्रयास गरिएको छ :–