arrow

प्रचण्डको मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने, कांग्रेस पहिले दिल्लीको सन्देश सुन्ने

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
dahal-krasar-new.jpeg
काठमाडौँ । मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मङ्गलबारसम्म आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । 
 
भेटमा उपराष्ट्रपतिले आफ्नो कार्यालय र आवासकाबारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 
 
उनले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गरे । प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ निर्णय लिइने सुनाए । 
भर कांग्रेसकै 
प्रधानमन्त्री दाहालले मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए पनि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले पठाउने मन्त्रिको संख्या र तिथिलाई ख्याल गर्नु पर्ने छ । भारत भ्रमणमा गएका विमलेन्द्र निधि सोमबार फर्किएपछि दिल्लीको सन्देश सुनेर मात्रै मन्त्रिको सिफारिस गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका मन्त्रिहरुको मात्रै टुंगो लगाएका बुझिएको छ ।
 
यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरुले आफूहरुसंग कुनै छलफल नभएको बताएका छन् । निधि मंगलबार मात्रै आउने भएकाले निधि आएपछि छलफल गरेर मात्रै सिफारिस गर्ने कुरा भएको कांग्रेस एक नेताले बताए ।
 
उनले भने,‘निधि जी आएपछि पहिले भ्रमणको उपलब्धि सुनिन्छ । त्यसपछि मन्त्रिका बारेमा छलफल हुन्छ ।’ उनका अनुसार दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्ने विषय निधि सोमबार राति आउने भन्ने हिसावले गरेका हुन् । निधिको भ्रमण लम्बियो । मंगलबार त्यसको सम्भावना कम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ