राजविराज। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग भएको तीनबुँदै सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
सङ्घीय प्रेस फोरम सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यादवले सम्झौता कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारे । अध्यक्ष यादवले संविधान त्रुटिपूर्ण रहेकाले संशोधन हुनुपर्नेमा पनि जोडदिए ।
रासस