arrow

काठमाडौं महानगरले १० स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो । 

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख वालेन्द्र साहले भने । 

काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फूर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । 

यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइनेसमेत उनले बैठकमा स्पष्ट पारे । 

आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार–चार महिनामा महानगरले सरसफाई सामग्री उपलब्ध गराउने उनले बताए । 



नयाँ