arrow

खानेपानीमा चुनाको समस्या हटाउन ‘जिओलाइट’ प्रविधि

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
geolight.jpeg
कञ्चनपुर । खानेपानीमा चुनाको समस्या हटाउनका लागि कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरमा रहेको खानेपानीमा ‘जिओलाइट’ प्रविधि जडान गरिने भएको छ । 
 
चुनाका कारण खानेपानीका पाइपहरु अवरुद्धभई खानेपानी आपूर्तिमा समस्या देखिन थालेपछि एसियाली विकास बैंकको रु तीन करोड ९५ लाखको लागतमा उक्त प्रविधि जडान गरिन लागेको हो । 
 
चन्द एन्ड बसन्त कन्ट्रक्सन र लुम्बिनी बिल्डर्स कम्पनीसँग ठेक्का प्रक्रियामार्फत खानेपानीमा प्रविधि जडानका लागि सम्झौता गरिएको महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अफिलाल जोशीले बताए । “एक महिनाभित्रै प्रविधि जडानको कार्य सुरु हुन्छ”, उनले भने ।
 
प्रविधि जडानपछि चुनाको समस्या समाधान भई सहजरुपमा उपभोक्ताले पानी उपभोग गर्न पाउने छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ