arrow

नेविसंघको पहिलो बैठकमा स्ववियु निर्वाचनबारे छलफल

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
npu-flag.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ । 
 
नेविसङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पहिलो वैठकमा स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको नवनिर्वाचित केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
 
यस्तै, बैठकमा विद्यार्थीले सवारी आवतजावतमा पाउने सहुलियत, आगामी नेपालको शिक्षा प्रणालीको बारेमासमेत छलफल हुनेछ । 
 
नौ वर्षपछि भदौ ३ गते सम्पन्न महाधिवेशनले नैनसिंह महरलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । बैठक बिहीबार बिहान ८ बजे निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त गरेलगत्तै बस्नेछ । 
 
सोही दिन नेविसङ्घको निवर्तमान केन्द्रीय समितिले काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम रहेको निवर्तमान मुख्यसचिव शिव रिमालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ