arrow

पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न पक्राउ

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
arrested.jpeg
सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई आज प्रहरीले पक्राउ गरेको छ । 
 
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । अभियुक्त दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ । 
 
ठूलो परिमाणको मदिरा बरामद 
 
प्रहरीले राजविराज नगरपालिका–४ बाट सोमबार ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । 
 
वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज ब्रह्मदेव साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजविराजका ५, ६ र ९ वडाबाट करिब छ क्विन्टल अवैध मदिरा बरामद गर्नाका साथै मदिरा बनाउने सामान बरामद गरेको हो । 
 
गङ्गा बास्तोला र तारा मगरका घरबाट मदिरा र त्यो बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडाकुँडासहितका मदिराजन्य सामग्री बरामद गरिनाका साथै दुवै अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ