arrow

राज्यमन्त्री वलीलाई प्रहरीले मध्यरातमा पुर्‍यायो बुटवल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
bimala-khatri-oli.jpg

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले मध्यरातमा बुटवल ल्याइएको छ ।

मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएपछि राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा रहेकी थिइन् ।

प्रदेश प्रमुखले दबाब दिएपछि वलीलाई बुटवल ल्याइएको हो । 

लुम्बिनी प्रदेशको संसद चलिरहेको बेला उनलाई राख्न नमिल्ने भन्दै प्रहरीले छोडेको छ । 

जाहेरीमा मिनाले आफूलाई बेडरुममै गएर कुटपिट गरेको बताएकी छिन् ।

विमलाले ‘तेरो श्रीमान् होइन मेरो श्रीमान् हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि  आक्रमण गरेको मीनाको भनाई छ ।
 



नयाँ