arrow

प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई बालुवाटार बोलाए, शर्मा अप्ठेरोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
janardan-r35355.jpg

काठमाडौं । बजेट निर्माणको सवालमा विवादित बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई अहिले बिहान बालुवाटार बोलाएका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय देखिएका विवादका विषयमा छलफल गर्न अर्थमन्त्री शर्मालाई बोलाएको बालुवाटार स्रोतको दाबी छ ।

अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा गरेको ‘चलखेल’माथि संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीलाईसमेत दबाब परेको छ । 

अर्थमन्त्री शर्माले ‘वित्तीय अपराध’ गरेको भन्दै एमाले सांसदले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए । राजस्व, करका दर परिवर्तन, दायरा निर्धारण गोप्य रूपमा हुनुपर्नेमा अनधिकृत व्यक्तिको चलखेल भएकोमा संसद र संसदबाहिर तीव्र आक्रोश छ । 

बजेट निर्माण प्रकृयामा अर्थमन्त्री, दुई अर्थसचिव, दुई सहसचिव तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकभन्दा एक जना पनि बढी सहभागी हुँदैनन् । 

बजेट तर्जुमा कार्यविधि नै छ । त्यहीअनुसार करको दर परिवर्तन गर्ने, निर्धारण गर्ने काम गरिन्छ । तर अर्थमन्त्रीले एक जना पूर्व नायव सुब्बालाई बजेट निर्माणमा सहभागी गराएको आरोप छ । 

नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका शर्माले गरेको यो चलखेलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत शर्मालाई बोलाएर राजीनामा दिन सुझाएको प्रचण्डको सचिवालय निकट स्रोतले जनाएको छ । 

शर्माले हिजो संसदमासमेत स्पष्टीकरण दिएका थिए । तर त्यो कुनै चित्तबुझ्दो थिएन । एमालेले छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ