arrow

कुनै पनि सम्झौता नगर्न गठबन्धनको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
deuba-badhai.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता गर्न नहुने सुझाव दिएका छन् । 

 बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत शीर्षनेताहरुबीच भएको भेटमा राष्ट्रहित विपरीत गएर सम्झौता नगर्ने भनेका हुन् । 

नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर देशको माहोल तातेको छ ।  प्रधानमन्त्री  देउवा र प्रधानसेनापति प्रभुराम शर्माले छुट्टाछुट्टै गर्न लागेका प्रस्तावित अमेरिका भ्रमणको मुखमा यो प्रस्ताव आएसँगै तरंग पैदा भएको छ ।

१० बुँदे प्रस्तावित एसपीपी सम्झौतामा हस्ताक्षर भएमा अमेरिकी सेना नेपाल प्रवेश गर्ने छन् । सम्झौताअनुसार अमेरिकी सेना नेपालको जुनसुकै ठाउँमा नेपाली सेनाको सहयोगमा आफ्नो क्याम्प बनाएर अनिश्चितकालीन समयका लागि रहन सक्नेछ ।

यता प्रधानमन्त्री देउवा पनि राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने बताएका छन् ।

आजै प्रधानमन्त्री देउवाले एसपीपी लाई लिएर सदनमा जवाफ दिँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ