- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। धरान उपमहानगरकामा खानेपानीको एजेण्ड लिएर स्वतन्त्रबाट प्रमुख पद जितेका हर्कराज राई(साम्पाङ) पानीको मुहानको खोजीमा रहेका छन् । धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावको एजेन्डा बने पनि पानी वितरण गर्न भने कसैले सकेका छैनन्।
प्रमुख राई धरानको वडा नम्बर २० स्थित पकुवा खोलाबाट खानेपानी ल्याएर धरानवासीलाई खुवाउने योजना अनुसार काम गर्दै छन् ।
शनिवार उनले पकुवा खोलामा श्रमदान गरेका छन् । उनले आफैले ढुङ्गा फुटाउने, बोक्ने र बेल्चा हान्ने काम गरे। उनको साथमा धरानवासी पनि थिए ।
उनले दीर्घकालीन लक्ष्य भनेको सप्तकोशीबाट पानी ल्याउने छ । तर तत्कालका लागि धरान वरपर भएका पानीका मुहानबाट समस्याको समाधान गर्ने तयारी गरेका छन् ।
पकुवाबाट खानेपानी आपूर्ति गर्न यसअघि नै प्राविधिकको टोलीले अध्ययन गरिसकेको छ। सोही अध्ययनलाई अन्तिम रूप दिन प्रमुख राई आफै इन्जिनियरसहित स्थलगत निरीक्षणमा पुगेका थिए । करिब पाँच लाख लागतमा पकुवाको पानी धरानमा ल्याउन सकिने अनुमान गरिएको छ ।