arrow

समितिमा गएनन् प्रम देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
deuba-badhai.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री देउवालाई समितिले आज उपस्थित हुन भनेको  थियो । 

प्रधानमन्त्री देउवालाई परराष्ट्र नीति,  प्रधानमन्त्रीको अमेरिकाको भ्रमण लगायतका विषयमा छलफल गर्न बोलाएको थियो । प्रम देउवा आउन नसक्ने भनि सचिवालयले समितिलाई जानकारी गराएको छ । 

प्रधानमन्त्री देउवा नआएपछि एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि समितिबाट काम भएको भन्दै बाहिरिएका छन् ।

पछिल्लो समय स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) लाई लिएर नेपालमा विरोध भइरहेको छ  । प्रधानमन्त्री देउवाले निकट भविष्यमा अमेरिका भ्रमण गर्दै छन् । सो समय सैन्य गतिविधि सम्बन्धी सम्झौता नगर्न चौतर्फी दबाब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ