arrow

आगलागीमा परेर वृद्धाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
aaglagi-ko-news-aa.jpeg

संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका-११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । 

आगोबाट जलेर घाइते भएकी मगरको उपचारका क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो ।

खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ