arrow

शुक्रबार बिहान हुने सपथ पौडेलको निर्णयमा निर्भर, देउवा चुपचाप

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
sher-and-ram-G.jpeg
काठमाडौं । माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारमा सहभागि हुने मन्त्रीको सिफारिस गर्न नसकेको कांग्रेसमा भाँडभैलो भएको छ । 
 
बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा पनि पाँच मन्त्रालय र सम्मानजनक मन्त्रालय दिएमात्रै सरकारमा जाने अडान राखेसंगै विभिन्न थरी कुरा हुन थालेका छन् । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा चुपचाप छन् । उनले पौडेललाई मनाउन विमलेन्द्र निधिलाई पठाए । तर, उपलब्धि भएन । उनले कति मन्त्रालय दिने ? कुन् कुन् दिने भनेर रामचन्द्रलाई भन्न सकेका छैनन् । 
 
१२औं महाधिवेशन अघि १ पटक र महाधिवेशन पछि २ पटक पौडेल निवास पुगेका देउवाले पौडेलसंग पछिल्लो पटक आफै संवाद गरेका छैनन् । संवाद टुटे पनि सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा भने देखिएका छन् । 
 
अहिले पौडेल सभापति देउवाले कांग्रेसले पाउने मन्त्रालयबारे पहिले नै जानकारी नगराएको भन्दै रुष्ट भएका छन् । उनले माओवादी र देउवा पक्षले छानेर छोडेका मन्त्रालयमा अपमानित हुनका लागि आफुहरु नजाने अडान लिएका छन् । पौडेलले केन्द्रीय सदस्य र सांसदहरुबाट त्यही राय लिएका छन् । 
 
पार्टी नेतृत्व विधि र विधान अनुरुप चल्नु पर्ने तर्क उनले छोडेका छैनन् । पौडेल पक्षलाई मनाउने प्रयासमा वुधबार बिहान उपप्रधानमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास पुगे । 
 
निधिले भनेकै विषय उठान गर्दै नेता पौडेलले साँझ आफ्नो निवासमा नेताहरुसंग भने, ‘सरकार विस्तारको विषयमा सभापतिको तर्फबाट विमलजीले म सगं कुराकानी गर्नु भएको छ । मैले  कम्तिमा ५ वटा मन्त्रालय दिए मात्र जान सकिने बताएँ । सभापतिलाई सुनाउँछु भनेर उनी गए ।’
 
यद्यपि, देउवा निवासमा त्यसपछि भएको लामो छलफलमा आफ्ना पक्षका मन्त्रीहरुको नामावली बनाउने बाहेक पौडेललाई दिने मन्त्री र मन्त्रालयबारे छलफल हुन सकेन । 
 
पौडेलले सरकारमा जाने विषयमा आफ्नो समूहलाई पाँच वटा मन्त्रालय दिन आग्रह गरेपनि सभापतिले नमानेको बैठकमा सुनाए । 
 
पौडेले कसैको करकापमा आफूहरु मन्त्रीपरिषद्मा नजाने पनि बताए । पौडेल निवास बोहोराटारमा दुई घण्टा चलेको बैठकमा  आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, नविन्द्रराज जोशी, जीवन परियार लगायत नेताहरु उपस्थित थिए । 
 
देउवाले अधिकतम चार जनालाई मात्र मन्त्री बनाउन सकिने बताइरहेका सभापति देउवाले मन्त्री हुने ९ जनाको नामावली तयार गरेका थिए । 
 
शुक्रबार बिहान सपथ, देउवाका पक्षको नामावली तयार 
कांग्रेसबाट सरकारमा सहभागि हुने मन्त्रीको नामावली नआएपछि मन्त्रिपरिषद् विस्तार सरेको छ । कांग्रेसबाट मन्त्री हुनेहरुको नामावली आए वुधबार सपथ गराउने प्रधानमन्त्रीको तयारी थियो । 
 
अब शुक्रबार बिहान सपथ हुने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार शुक्रबार विहान सपथ हुने र दिउँसो सभापति उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ । 
 
मन्त्रीका आकांक्षी उनले भने, ‘सभापति शेर बहादर देउवा र नेता कृष्ण प्रसाद सिटौला पक्षबाट मन्त्रीको नामावली टुंगो लागिसकेको छ । पौडेल पक्षको मात्रै अड्किएको हो । पौडेल पक्षबाट नामावली आए । शुक्रबार बिहानै सपथ ग्रहण समारोह हुन्छ ।’ हाम्रोबाट मन्त्री हुनेहरुको नामावली फाइनल भइसकेको छ । सिटौलाबाट गगन थापा वा भिमसेनदास प्रधान मध्य एक जना हुन्छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ