arrow

‘एम्बुलेन्स क्याम्प’ बाट नोबेलले गर्‍यो दश हजार बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Nobel-Ambulance-Camp-(1).jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैंचा र पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ विरामीले निःशुल्क उपचार पाएका हुन् ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका हुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनको अवधिमा १६२३ जनाको मुटुको जाँच (इसीजी), १७८९ जनाको रगत परीक्षण र १८६३ जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ । दाँतमा समस्या भएका २६३ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ४४६३ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ६९३ जनाको शल्यक्रियासमेत भएको छ ।

मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवा प्रदान गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालन गर्न थालेको हो । जस अन्तर्गत शनिवारबाहेका हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुँने विरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । विरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ