arrow

घुमुवा प्रहरी हुँ भन्दै धम्क्याउने पक्राउ

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ असार १५ बुधबार
police-man.jpg.jpeg

चंद्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने व्यक्ति पक्राउ परेका छन्। 

पूर्व – पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर – चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोक मार्गमा चल्ने विभिन्न यात्रुवाहक बस रोक्ने,होटलहरुमा खाएर थर्काउने र घुमुवा प्रहरी भएको दाबी गर्दै डर धम्की देखाउँदै पैसा असुल्ने व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु कुमार जैस्वारले जानकारी दिए।

पक्राउ पर्नेमा चंद्रपुर नगरपालिका वडा नम्बर ९ सिन्धुरेघारी टोल बस्ने लीला बहादुर बस्नेतका छोरा ३२ वर्षका सुमन बस्नेतलाई पक्राऊ गरिएको डिएसपी जैसवार ले जानकारी दिए ।

पक्राउ परेका बस्नेतलाई अभद्र व्यवहार शीर्षकमा ६ दिनको म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाइएको प्रमुख जैसवारले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ