arrow

प्रचण्डमाथि ओलीको आक्रोश- गर्न हुने, नहुने सबै काम गर्नुभएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
oli-prachanda6.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका सम्बन्धमा भ्रम फैल्याएको बताएका छन् । सोमवार राजधानीको एक कार्यक्रममा प्रचण्डले ओलीका पालामा एसपीपी भएको भनेपछि ओलीले जवाफ फर्काउँदै प्रचण्डले फटाइ गरेको बताए ।   

प्रचण्डले नेताहरूलाई एसपीपीलाई खारेज गराउने भूमिकाको नेतृत्व पनि आफैँले खेलेको बताएका थिए ।  सार्वजनिक भएको एसपीपीको ड्राफ्ट आफू प्रधानमन्त्री हुँदा नभएको दाबी  ओलीले गरेका छन् । उक्त ड्राफ्ट खतरनाक र घातक भएको ओलीको भनाई छ । 

प्रचण्डमाथि आक्रोशित हुँदै उनले भने,' उहाँ सरकारमा हुनुहुन्छ, गर्न नहुने गर्न हुने सबै काम गर्नुभएको छ । म उहाँहरूलाई भन्न चाहन्छु, दुइटा कुरा अहिले एसपीपीको नयाँ ड्राफ्ट आयो । यो बहुत खतरनाक छ । त्यो ड्राफ्ट नयाँ हो । यस्तो ड्राफ्ट पहिले आएको थिएन । कुनै विचार विमर्श गर्नुपर्ने थिएन । यस्तो सम्बन्धमा कसैले पत्र लेखेको थिए । यो ड्राफ्ट नयाँ कुरा हो । यो घातक छ । जनताले आवाज उठाएपछि, दरै जवाफ दिएपछि पछाडि सरेर हामी पास गर्दैनौँ भने । हामीले दिएको हो तपाईँहरूलाई यो ड्राफ्ट ?'

आफू प्रधानमन्त्री भए पनि सेनाले कुनै सल्लाह नगरी पत्र पठाएको ओलीको आरोप छ । तर त्यो पत्र सक्कली भएकोमा ओलीले आशङ्का व्यक्त गरे । हातले मिति सच्याएको सक्कली पत्र सार्वजनिक गर्न ओलीले आग्रह गरेका छन् । यस विषयमा नेपाली सेनाले पनि स्पष्ट पार्नुपर्ने ओलीले बताए ।
 
ओलीले भने,' २७ अक्टोबर भनेर जुन मिति लेखिएको छ, त्यो हातले लेखिएको छ । अरू सबै टाइप गरिएको छ । किनभने अहिले केपी ओलीलाई मुछ्नका लागि मिति परिवर्तन गरिएको हो । चलानी नम्बर पनि फेरिएको छ । सबै लाइनमा छ, बिचको चलानी नम्बर ८५ चाहिँ कसरी हातले लेख्नपर्‍यो त । यो छली काम अहिलेको सरकारले...यति कमजोर । यदि मेरै सरकारको पालामा भएको भए पनि गलत छ । त्यो मलाई जानकारी दिइएन ।'

एमसीसीको विरोधमा प्रचण्डको निर्देशनमा आन्दोलन गरेकोमा ओलीले आक्रोश व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले पत्र लेखेर ४-५ महिनाभित्र पास गराउँछौँ भनेर एमसीसीलाई पत्र लेखेको तर बाहिर विरोध गरेको ओलीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ