arrow

पेट्रोल छर्किएर आफ्नै घरमा आगो, श्रीमती जलेर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
fire-final_1618024271.jpeg

दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्ज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् ।

मङ्गलवार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोज्दा त्यस क्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

ती व्यक्तिले श्रीमतीसँग पटक–पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ