काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा पाँच वटा मन्त्रालय दिन मन्जुर भएपछि रामचन्द्र पौडेलले आफ्नो पक्षबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएका छन् ।
पौडेलको पाँच जनाको सूचीमा शेखर कोइराला अटाएनन् । रामचन्द्र निकट एक नेताले भने, ‘परराष्ट्र नदिने जस्तो कुरा आएपछि शेखरदाईले नजाने जस्तो कुरा गर्नु भयो । उहाँले म जागिर खाने मान्छे होइन भन्नु भएको छ । तर, देउवाले आफ्नो पक्षबाट उहाँलाई मिलाउने कुरा पनि आइरहेको छ ।’
यस्तै, रामचन्द्रको लिष्टमा जीवन परियार परेनन् । यस्तै, कमला पन्तको नाम पनि चर्चामा आएको थियो ।
पौडेल पक्षबाट तयार लिष्ट
रोमी गौचन थकाली (मुस्ताङ्ग क्षेत्र नं.१)
हृदयराम थानी (सुर्खेत क्षेत्र नं. २)
दिपक गिरी (दाङ क्षेत्र नं. ५)
सीता देवी यादव (सिराहा क्षेत्र नं. ३)
नवीन्द्रराज जोशी (काठमाडौं क्षेत्र नं. ८)