arrow

ओली भेट्न वामदेव बालकोटमा, हातमा तीन विकल्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
kp-oli-bamdev-gautam.jpg

काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्दै आएका नयाँ पार्टी खोलेका वामदेव गौतम ओली निवास बालकोट पुगेका छन् । नेपालका कम्युनिष्ट पार्टीहरु बीचको एकतामा जोड दिँदै आएका गौतमले पार्टी मिलाउने उद्धेश्यका साथ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

तीन दिनअघि मात्रै उनले आफ्नै नेतृत्वमा अलग्गै नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा गरेका थिए । सो अभियान घोषणा गरे लगत्तै पहिलो भेट ओलीसँग भएको हो । ओलीसँग पारिवारिक रुपमा राम्रो  सम्बन्धमा रहेका गौतम कम्युनिष्ट पार्टीहरु बीचको एकताको प्रस्ताव लिएर बालकोट पुगेको बताइएको छ ।

ओली भेट्न गौतम बिहीबार दिउँसो मात्रै बालकोट पुगेको ओलीको निजी सचिवालयले जनाएको छ । एकता राष्ट्रियअभियानका केन्द्रीय सदस्य एवं गौतमका स्वकीय सचिव दीपक टमटाले पनि ओलीसँगको वार्ताको लागि बालकोट पुगेको पुष्टि गरे । 

वामदेवको पार्टीको केन्द्रीय समिति बैठकले कम्युनिष्ट पार्टीका नेताहरुसँगको राजनीतिक संवादका लागि गौतमलाई सर्वाधिकार अधिकार दिएको थियो । सक्दा पार्टी एकता, नभए वाम मोर्चा र त्यो नभए चुनावी कार्यगत एकता गर्ने प्रस्ताव लिएर गौतम ओली भेट्न बालकोट पुगेका हुन् । 

वान अन वान भेटका लागि संयोजक गौतम जाने र कहीँ दुई भन्दा बढी नेताहरुका बीचमा सम्वाद गर्नु परे अन्य नेताहरु पनि सहभागी हुने पार्टी निर्णय अनुसार गौतम ओली भेट्न बालकोट पुगेको स्वकीय सचिव टमटाले बताए ।

पार्टी घोषणा गर्दै गर्दा गौतमले ओली र प्रचण्डले नेकपा विभाजन गरेको आरोप लगाएका थिए । अहिले वामदेव गौतमको पार्टीमा एकीकृत समाजवादीमा लागेर पनि वामदेवलाई साथ दिन पुगेका डीबी कार्की दोस्रो हैसियतका नेता हुन् ।

कार्की राजनीति गरेकै कारण दुःखपछि दुःखहरु खेप्दै अगाडि बढेका पुराना नेता हुन् । प्रचार विभाग प्रमुख तोकिएका निमकान्त पाण्डे वरिष्ठ पत्रकार हुन् ।

मसाल पृष्ठभूमिका उनी ५० को दशकमा एमाले, माले हुँदै शाहीकालमा शाही शासनको समर्थक थिए । उनीहरुलाई साथ लिएर गौतमले नयाँ दल खोलेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ