मुग्लिङ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
उद्दारमा संलग्न एसपी बसन्त कुँवरका अनुसार १९ जनाको शव प्राप्त भइसकेको छ ।
१३ जना घाइतेलाई उद्दार गरी भरतपुर अस्पतालमा पठाइँदै छ ।
अझै केहीको उद्दार गर्न बाँकी नै छ ।
गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान पौने ५ बजे दुर्घटना हुँदा त्रिशुली नदीमा खसेको थियो ।