चितवन। नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले उद्दारका क्रममा २० जनाको शव प्राप्त भएको जानकारी दिए ।
१२ जना घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान पौने ५ बजेतिर भएको सो घटना जुगेडी र सिमलटारको बीचतिर कालीखोलाको चण्डिभञ्ज्याङमा दुर्घटना भएको हो ।
बस दुर्घटना भई त्रिशुली नदीमा डुबेको छ ।
ग १ ख ३७०९ नम्बरको बस गौरबाट पोखरा जाँदै गरेको थियो ।
घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ पर्छ ।
बसमा अधिकांश युवा सवार थिए ।