arrow

(अपडेट) कालीखोला बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १२ घाइते

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
qqqqqqqqqqqqqqqq.jpeg
चितवन। नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले उद्दारका क्रममा २० जनाको शव प्राप्त भएको जानकारी दिए । 
 
१२ जना घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 
 
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान पौने ५ बजेतिर भएको सो घटना जुगेडी र सिमलटारको बीचतिर कालीखोलाको चण्डिभञ्ज्याङमा दुर्घटना भएको हो ।
 
बस दुर्घटना भई त्रिशुली नदीमा डुबेको छ ।
 
ग १ ख  ३७०९ नम्बरको बस गौरबाट पोखरा जाँदै गरेको थियो ।
 
घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ पर्छ । 
 
बसमा अधिकांश युवा सवार थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ