arrow

ससुरा ज्वाइँ एउटै सरकारमा, शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीले साटे बधाइ

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sasurajoi.jpeg
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अहिले गजबको संयोग देखिएको छ । त्यो हो ससुरा र ज्वाइँ नै मन्त्री भएको संयोग । भाग्यमानी ससुरा–ज्वाइँ हुन् सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र स्वास्थ्य मन्त्री गगनकुमार थापा ।
 
केसी काँग्रेस सभापति शेरबहादुर देउवा समूहबाट तथा गगन काँग्रेस नेता कृष्णप्रसाद  सिटौलाको समुहबाट स्वास्थ्य मन्त्री बन्ने अवसर पाएका हुन् । 
 
त्यसो त गत फागुनमा भएको काँग्रेसको महाधिवेशनमा केसी देउवा समूहबाट र थापा सिटौला समूहबाट महामन्त्रीका रुपमा आपसमा चुनावमा भिडेका थिए । त्यतिबेला ससुरा–ज्वाइँ भिड्दा डा. शशांक कोइरालाले महामन्त्री पड्काएका थिए । 
 
यसैबीच, ससुरा–ज्वाइँ नै मन्त्री भएपछि राष्ट्रपति कार्यालयमा शुक्रबार भएको सपथ ग्रहणपछि बाहिर ससुरा–ज्वाइँले हात मिलाएर एकले अर्कालाई बधाइ तथा शुभकामना आदान प्रदान गरेका थिए । मन्त्री केसी यसअघि स्वास्थ्य मन्त्री थिए भने थापा पहिलो पटक मन्त्री भएका हुन् । थापाले यसअघि मन्त्री भएको नाताले पनि ससुराबाट सरसल्लाह लिने बाटो खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ