arrow

लद्दाख मामिलामा दिल्लीको समर्थनसहित भारतसँग सैन्य साझेदारी गर्दै अस्ट्रेलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
india-australia-rajnath.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाले बुधबार आफ्नो रक्षा सम्बन्धलाई थप प्रगाढ बनाउने संकल्प गरेका छन् । चिनियाँ आक्रामकताको सामना र इन्डो प्यासिफिक क्षेत्र सुरक्षित गर्न सैन्य लडाइँ अभ्यास, खुफिया साझेदारी, पारस्परिक रसद र सैन्य औद्योगिक सहयोगका साथसाथै खुला, लचिलोको साझा उद्देश्यमा दृढताका साथ काम गर्नका लागि दुई देशले सहकार्य गर्ने भएका हुन् ।

क्यानबेरामा एन्थोनी अल्बानिज सरकार सत्तामा आएपछि पहिलो पटक उच्च स्तरीय भारत भ्रमणका क्रममा अस्ट्रेलियाका उपप्रधानमन्त्री एवं रक्षामन्त्री रिचर्ड मार्ल्सले पूर्वी लद्दाखमा चीनसँगको दुई वर्ष लामो सैन्य मुठभेडमा भारतलाई बलियो समर्थनसमेत गरेका छन् ।

'२०२० मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सेनामाथिको आक्रमण हामी सबैले ध्यान दिनुपर्ने चेतावनी थियो। अष्ट्रेलिया त्यतिबेला भारतको सार्वभौमसत्ताको पक्षमा उभिएको थियो र अहिले पनि उभिएको छ,’ मार्ल्सले भनेका छन् ।

रणनीतिक रूपमा अवस्थित द्वीपसमूह सोलोमन टापुहरूसँग चीनको हालैको सुरक्षा सम्झौता प्रशान्त र दक्षिण चीन सागरमा यसको विस्तारवादी चालहरूको विषयमा समेत भारतीय रक्षामन्त्री राजनाथ सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग व्यापक वार्ता भएको छ ।

सो क्रममा द्विपक्षीय रूपमा साथै केही आसियान देशहरूसँग त्रिपक्षीय रूपमा हिन्द महासागर र ठूला इन्डो प्यासिफिक क्षेत्रमा समुद्री र अन्य सहयोग विस्तार गर्ने तरिकामा छलफल भएको एक अधिकारीले बताएका छन् ।

भारतको नेशनल डिफेन्स कलेजमा बोल्दै मार्ल्सले चीनको सैन्य निर्माण दोस्रो विश्वयुद्ध पछि कुनै पनि देशले गरेको सबैभन्दा ठूलो र सबैभन्दा महत्वाकांक्षी भएको भन्दै चेतावनी दिएका छन् । जुन पारदर्शिताको अभावमा आफ्ना छिमेकीहरू एवं अरुका लागि असहज विषय हो ।

यो महत्वपूर्ण छ कि चीन पूर्वी लद्दाखको विवादलाई अन्तर्राष्ट्रिय कानून अनुरूप वार्ताको प्रक्रियामार्फत समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

भारतीय विदेश मन्त्री एस जयशंकरलाईसमेत भेटेका मार्ल्सले अष्ट्रेलिया भारतलाई इन्डो प्यासिफिक मात्रै नभएर त्यसभन्दा बाहिरसमेत सहयोग एवं सहकार्य गर्न तयार रहेको बताएका छन् ।

यसको बदलामा सिंहले भारत र अष्ट्रेलिया बीचको घनिष्ठ रक्षा र सुरक्षा सहयोग द्विपक्षीय व्यापक रणनीतिक साझेदारीको एक महत्त्वपूर्ण स्तम्भ भएको बताउँदै इन्डो प्यासिफिकमा स्थायित्वको लागिसमेत महत्त्वपूर्ण भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ