arrow

गुरुङसँग देउवाको दु:खेसो- पछि सभापति भएपछि थाहा पाउनुहुनेछ

'एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
sher bdr deuba.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका साथीहरूले नबुझेको भन्दै  दुखेसो गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरूभित्र आपसी झगडा सुरु भएको बताएपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताए । उनले भने,'  एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रूपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरूले यसलाई बुझ्नुपर्छ ।'

गुरुङले गठबन्धनले सहज अवतरण गर्न बाँकी नै रहेकाले दलहरुबीच मनमुटाब गर्न नहुने बताएका थिए । संविधान जोगाउनका लागि गरेको गठबन्धनलाई सेफ ल्यान्डिङ गर्नका लागि दलहरू मिल्नुपर्ने उनको भनाई छ । एक अर्कामा आरोप प्रत्यारोप गर्‍यो भने समस्या आउन सक्नेतर्फ गुरुङले ध्यानाकर्षण गराए ।

उनले भने,' जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुर ङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । निवेदन गर्न चाहन्छु म, जहाजलाई सेफ ल्यान्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । या त हामीले जहाजबाट प्यारासुटट जम्प गर्नुपर्‍यो । प्यारासुट जम्प गर्ने हो भने खुट्टा भाँचिन्छ कि भन्ने त्रास पनि छ । जम्प पनि गर्न भा छैन, धेरै माथि उडेको छ । १० हजार साढे १० हजार  फिटमाथि उडिराख्या । अब त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेलामा कसैले भन्दिने कांग्रेस इमानदार भएन, कसैले अर्को दल इमानदार भएन भनेर अकासमा उडिरहेको जहाजभित्र हामीले झगडा गर्‍यौँ भने जहाजले सेफ ल्यान्डिङ गर्न सक्दैन ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ