काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेताहरु तराईमा भएपछि बुधबार हुने भनिएको निर्णायक वार्ता स्थगित भएको छ । प्रमुख तीन दल हुने भनिएको वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी नहुने भएपछि वार्ता स्थगित भएको हो ।
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग हुने वार्तामा दोस्रो तहका नेताहरुलाई पठाउने निर्णय गरे पनि प्रमुख तीन दलका नेताहरुले दोस्रो तहको नेतासँग वार्ता गर्न निर्णायक नहुने बताएका छन् ।
मधेसी मोर्चाका शीर्ष नेताहरुको बुधबार ढल्केबरमा र बिहीबार सर्लाहीमा जनसभा गर्ने कार्यक्रम छ । प्रमुख तीन दलबीच साझा धारणा बनाएर मात्र अर्को बैठक डाकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । जसका लागि बिहीबार बिहान तीन दलको बैठक बस्दैछ ।