arrow

प्रधानमन्त्री देउवालाई गलत सल्लाह दिने को हो ? – विश्वप्रकाश शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
bishwa-prakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । 

बहुमत सदस्यको उपस्थितिमा संबैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद सबन्धी विधेयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ