arrow

सुनसरीमा तीन जनाको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
death_1618213452.jpg

सुनसरी । सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा सोमबार फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् ।

आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

यसैगरी इनरुवा वडा नं. २ रामजानकी टोलका ६५ वर्षीय गङ्गाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेला परेका छन् ।

आइतबार बेलुकीदेखि घरबाट हराएका मण्डलको खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ