arrow

नोबेलको एम्बुलेन्स क्याम्पबाट १५ दिनमा १२ हजार बढी बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
teeth-checkup-nobel-medical.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

१ हजार ९४४ जनाको मुटुको जाँच ईसीजी, २ हजार १२० जनाको रक्त परीक्षण र २ हजार १६२ जनाको भिडियो एक्सरे गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सो अवधिमा ५२६ जनाको दाँत उखेलिएको छ । यता ७ हजार ८६६ बिरामीलाई नोबेल अस्पताल ल्याइ उपचार गरिएको छ । जसमध्ये १ हजार १६२ जनाको जटिल तथा सामान्य अप्रेशन गरिएको प्रवन्धक दाहालले बताए ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।

शनिवार बाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यहीं गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउने व्यवस्था पनि मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ