महेश गौतम। नुवाकोट। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बर्तमान सरकार संविधानको पुर्ण कार्यान्वयन गरि मुलुकमा राजनितिक स्थायित्वका लागि दृढ़ रहेको बताएका छन्।
शनिवार नुवाकोटको रानीपौवामा नेपाल तरुण दलको प्रथम क्षेत्रिय अधिवेसनको उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै मन्त्री केसीले परिणाममुखी कामको पक्षमा आफु रहेको वताउँदै जनजीविका र राष्ट्रियताको सवालमा जनतालाई केन्द्रमा राखेर काम गरिने बताए।
पछिल्लो समय पार्टीको सांगठनिक सुदृढीकरणका पक्षमा महत्वपूर्ण काम भईरहेको वताउँदै केसीले भातृसस्थाहरुको महाधिवेसनहरुले पार्टीलाई जीवन्तता दिन महत्वपूर्ण भुमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बर्तमान सरकार बाध्यताको उपज भएको वताउँदै जनतालाइ प्रत्यक्ष अनुभुत हुने कामले मात्र सरकारको सार्थकता मापन हुने बताए।