arrow

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
nepal-police12.jpg

कञ्चनपुर । भीमदत्त नगरपालिका-४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । 

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । 

प्रहरीले घटना बारे अनुसन्धान थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ