arrow

वामपन्थी कोही हुनुहुन्छ भने वाम एकता गरौँ  : ओली

हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ : नारायणकाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
kp-oli-balkot-meet.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । राजधानीको एक कार्यक्रममा अध्यक्ष ओली वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधीनताका लागि वामपन्थी मिल्नुपर्ने बताए । 

पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राखे । उनले चीन र भारतसँग नेपालले सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । 

सोहि कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताए । उनले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए । 

“हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ”, उनले भने, “वामपन्थी आन्दोलन सकियो भने मुलुक कमजोर हुन्छ ।” नेता श्रेष्ठले मुलुकको असंलग्न परराष्ट्र नीति, कूटनीतिक मामिलामा सबै दलको एक नीति हुनुपर्नेमा जोड दिए । “परराष्ट्र नीतिमा दलबीच सहमति कायम गर्न सक्यो भने कसैले पनि कमजोर पार्न सक्दैन”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ